डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु

डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जिप दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेको छ।

दुर्घटनामा ७ जना घाइते भएका छन्। तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ। मृतक दुवै महिला रहेको बताइन्छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.