डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

डडेल्धुरा:दाउरा लिन गएको ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका २ गांखेतको डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुदा चालक दलबहादुर बिष्टको मृत्यु भएको हो ।

सुप प्र ०१००२ त ६३८२ को ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी ईन्सपेक्टर उपेन्द्र बमले जानकारी दिए ।

डोबरा गाउँबाट दाउरा ल्याउन जंगल तिर जाँदै गर्दा अनकन्ट्रोल भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले लगाएको उनले बताए । ट्याक्टर सडकबाट अन्दाजि ५० मिटर तल खसको छ । ट्याक्टरमा सवार अन्य तीन जनाले भने हाम फालेका थिए । उनी तीनै जना सकुसल छन ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.