माओवादी केन्द्र बैतडीले वडा र पालिका तथा नगर सम्मेलन गर्ने

बैतडी : नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले वडा र पालिका तथा नगर सम्मेलन गर्ने भएको छ ।

मंगलबार बैतडीको पाटनमा बसेको विस्तारित बैठकले वडा सम्मेलन यही मंसिर १६, १७ र १८ गते भित्र भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको जिल्ला संयोजक शंकर भण्डारीले बताए ।

८४ ओटै वडामा तीनदिन भित्र सम्मेलन सम्पन्न गरेर मंसिर २५ गतेबाट पालिका सम्मेलन गर्ने निर्णय भएको उनले बताए । मंसिर २५ देखि मंसिर ३० गतेसम्म १० ओटै पालिकामा सम्मेलन सम्पन्न गर्ने निर्णय भएको जिल्ला संयोजक भण्डारीले बताए ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर ९विजयसुन्दर० प्रमुख अतिथी रहेका थिए । यस्तै बैठकमा केन्द्रीय सदस्य दलबहादुर धामी, प्रदेश कमिटि उपाध्यक्ष रणबहादुर कुँवर, प्रदेश कमिटि सचिवालय सदस्य प्रेमप्रकाश भट्ट ९आदित्य० प्रदेश कमिटि सदस्य धर्मसिह ऐर कपील, कमल सिह बोहरा अपी लगायतका नेता कार्यकर्ता तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!