डडेल्धुरा : डडेल्धुराबाट जुवा मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-८ बस्ने बर्ष ३६ का राजेन्द्र प्रसाद ओझा, दार्चुलाको दुहु गाउँपालिका-१ बस्ने बर्ष ४० का बिरेन्द्र सिंह बडाल रहेका छन् ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको मिति २०८०।११।२९ गतेको फैसलाले जुवा मुद्दामा जनही ७ हजार जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुलाई मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।