शिक्षा मापदण्ड कार्यान्वयनका लागि फेरी कार्यदल गठन, नगरस्वंम सेवक चैतसम्म जोगिए

बैतडी : पाटन नगरपालिका बैतडीले जारी गरेको शिक्षा मापदण्ड कार्यान्वयन गर्ने फेरि कार्यदल गठन गरेको छ । बुधबार बसेको नगर कार्यपालिका बैठकले नयाँ मापदण्ड कार्यान्वयन गर्न कार्यदल गठन गरेको हो ।

पाटन-८ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिश बिष्टको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।
कार्यदलमा वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्ट, वडा नं ७ का वडा अध्यक्ष ललित बहादुर चन्द, वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, कार्यपलिका सदस्य रमेशराम कोली र शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेय रहेका छन् ।

बिद्यालय समायोजनका लागि बिष्टकै नेतृत्वमा यस अगाडी पनि कार्यदल गठन गरेर बिद्यालय बिद्यालय पुगेर अनुगमन गरेको थियो । यस कार्यदलले पनि विद्यालयहरुको स्थलगत अनुगमन गर्ने र सम्बन्धित विद्यालय व्यवस्थापन समिति तथा अभिभावकसँग छलफल गरि नगरपालिकामा राय पेश गर्ने बताइएको छ

मापदण्डको परिधिभित्र नरहेका विद्यालयहरुमा नगर शिक्षक अनुदान कटौती गरिने र थप व्यायभार यही चैत्र मसान्तपछि सम्बन्धित विद्यालयहरुले नै व्यहोर्नुपर्ने निर्णय गरिएको छ । तर यस आगडी नगरपालिकाले बिद्यालयलाई पत्र लेख्दै असोज पछि मापदण्ड बाहिरका बिद्यालयमा अध्ययपन गराउने शिक्षकलाई हजिर नलाउन भन्दै पत्राचार गरेको थियो ।

नयाँ शैक्षिकसत्रदेखि विद्यालय समायोजन र दरबन्दी मिलान पूर्णरुपमा कार्यान्वयनमा जाने छ ।

विद्यार्थी संख्या, भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विद्यालय समायोजन र दरबन्दी मिलानको बाटोमा जाने सहमती भएको उपप्रमुख कमल सिह बोहराले बताए ।

नगरपालिकाले संघीय अनुदान कोटा पनि वितरण गरेको छ । अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाइ अनुदान कोटा वितरण गरेको छ ।
जस अन्तरगत कालिका मावि मटे, भुमेश्वर मावि ठाड, गुजर मावि गुजर, त्रिपुरेश्वर मावि द्धाकुलडा, निल्पालेश्वर मावि डैसीली, जनता मावि आरुबाटा र शिवशक्ति आवि बगाउ रहेका छन् । नगरपालिकाले बिद्यालय विकास प्रस्तावको अध्ययन गरेर प्रधानाध्यपक नियुक्ती गर्ने बिषय अलपत्र जस्तै छ ।

बिद्यालयका प्रअ नियुक्ती पनि नगरपालिकासंग तथ्याङक एकिन छैन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.