किन आयो २ घण्टामा ५ पटक बैतडी विमानस्थलमा सेनाको जहाज?

ds new

ललित बाेहरा/बैतडी : मंगलबार बैतडीको पाटन विमानस्थलमा नेपाली सेनाको जहाजले ५ पटक उडान भरेको छ । बिहान ७ः३० देखी ९ : ३० सम्म ५ पटन उडान भरेको हो । सुर्खेतबाट पाटन विमानस्थलको नेपाली सेनाले परिक्षण उडानहरु गरेको दाबी गरेका छ ।

विमान स्थलको परिक्षण उडान हाम्रो आन्तरिक बिषय हो चालक दलसंगै आएका सेनाका एक अधिकृतले भने, बाहिर समाचारमा हामीले बोल्द त मिल्दैन तर हाम्रो आफ्नो आन्तरिक कार्यक्रम अनुसार यो उडान गरिएको हो ।

us dintal patan

नयाँ पाइलटले ल्याण्ड र टेकअपको अभ्यास उडान गरिरहेको बैतडी प्रहरीलाई सूचना छ । नेपाली सेनामा आफ्नौ पाइलट हुन्छ उनीहरुले को पाइलटलाई अभ्यास उडानका लागि तालिम दिइरहेको बुझाएका प्रहरीका एक अधिकृतले बताए ।

बिमान स्थल खाली भएकाले अभ्यास उडान गर्ने सहज भएकोले सुर्खेतमा रहेको सेनाले पाटन बिमान स्थाल रोजेको हो । बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का घटनामा परेका नागरिक र गर्भवती महिला ई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने गरेको छ । जसका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि सुर्खेतमा हेलिकप्टर राखिएका हुन्छ ।

 

 

 

Leave A Reply

Your email address will not be published.