पाटन:
सकार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ मा रहेको सकार स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
पोषण स्वास्थ्यका लागि निर्धारण गरिएका १६ वटा सूचक र १० वटा अनिवार्य मापदण्ड पुरा भएपछि बुधबार स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिह महराले बताए ।
सकार स्वास्थ्य चौकी पाटन नगरपालिका अन्तर्गतको पोषण मैत्री स्वास्थ्य संस्था घोषणा हुने पहिलो स्वास्थ्य चौकी हो । स्वास्थ्य कर्मीले तालिम लिएको, स्वास्थ्य संस्थामा पानीको व्यवस्थापन भएको, आवश्यक औजार उपकरणहरू भएको ,औषधी पोषणका लागि चाहिने भिटामिन ए बालभिटा, जुकाको औषधी पर्याप्त मात्रामा भएको लगायतका स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पुरा गरेको सकार स्वास्थ्य चौकीका ईन्चार्ज नरेन्द्र भट्टराइले बताए ।
उनले स्वस्थ्य चौकीले गरेका गतिविधी समेत सार्वजनीक गरेका छन् । शिद्धश्वर मावि मेल्चोरामा भएको कार्यक्रम वडाअध्यक्ष स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तर्क सिह ठगुन्नाको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गौरी सिंह रावल, विशिष्ट अतिथि नगर उपप्रमुख कमल सिह बोहरा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट, पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मनदसिह महरा सहभागी भएको थिए ।