बैतडी : बैतडी जिल्लाको प्रसिद्ध पत्ताल भुमेश्वर धामको घना जंगलमा एक युवतीले तपस्या गरिरहकी छन् । भारतको सिक्किमकी एक युवतीले पछिल्लो ४ महिनादेखी तपस्या गरिरहेको उनका सेवा दलमा आबद्ध एक सदस्यले बताए ।
सपनामा पत्ताल भुमेश्वर देखिपछि खोज्दै यहाँ पुगेको हुन् । जिल्लाको सुर्नया गाउँपालिका-२ र पाटन नगरपालिका- ४ को बिचमा पर्ने पत्ताल भुमेश्वर धाम नजिकैको जंगलमा अहिले तमस्या गरिरहेका छन् ।
उनलाई भेटन भने मिल्दैन् । सेवा दलमा आबद्धसंग भेटेर छलफल गर्दा खानेपानीको समस्या चरम रहेको बताए । धाम नजिकै रहेको तालको पानी भगवानले प्रयोग गर्ने तपस्यारत गुरु माँले भनेकाले यहाँको पानी कसैलाई छुन समेत नदिने गरेको उनको भनाई छ ।
जिल्ला स्तरिय एक बैठकमा सुर्नया गाउँपालिका अध्यक्ष अमर कुवँर, वडा नम्बर २ का अध्यक्ष गणेश बहादुर बिष्ट लगायतका टिमले समस्याका बिषयमा छलफल गरेको बताए ।
वडा अध्यक्ष बिष्टले डिभिजन वन, खानेपानी, बिद्युत कार्यालयले गर्ने केही काम छिटो गरिलिने प्रतिबद्धता गरेपनि नगरेको भन्दै गुनासो गरे । तत्काल तपस्यारत मातालाई खानेपानीको समस्या रहेकाले खानेपानीको समस्या समाधानका लागि डिभिजन खानेपानीले प्रविधिक टिम परिचलन गरेको अध्यक्ष बिष्टले बताए । उनले खानेपानीको समस्या केही दिनमा समाधान हुने बताए ।
उनले खानेपानी अभावले शैचालय प्रयोग विहीन रहेको बताए । धामको व्यवस्थापन समिति सक्रिय नहुँदा थप समस्या भएको छ । त्तकाल व्यवस्थापन समितिले पूर्णता पाउने अध्यक्ष बिष्टको भनाई छ ।
अहिले करिब ९० लाखमा मन्दीर नै पुर्न निमार्ण गर्ने तयारी भइरहेको छ । तपस्यारत युवतीले फागुन शिवरात्रीमा बिशेष कुनै कार्यक्रम आयोजना गरेमा आफुले समय मिलाएर प्रवजन दिने बताएको समितिका सदस्याले बताए ।
पाताल भुमेश्वरमा रहेको गुफा दक्षिण एसियाकै लामो र गहिरो गुफा भनेर चिनिन्छ ।
अध्यक्ष बिष्ट र सेवा दलका सदस्यसंगकाे कुराकानी भिडियाे…