बैतडी : बैतडीको पाटन नगरपालिकामा शनिबारदेखि बृहत योग विज्ञान शिविर सुरु हुने भएको छ । पाटन नगरपालिकाको सहयोग र पतन्जली योग साधना केन्द्र पाटनको आयोजनामा साप्ताहिक योग शिविर संचालन हुने भएको हो ।
१५ गतेदेखी २१ गतेसम्म नगरपालिको खुल्ला मञ्चमा बिहान ६ः ३० देखी बृहत योग विज्ञान शिविरको आयोजना गरिएको योग साधना केन्द्र पाटनका कोषाध्यक्ष शंकर भट्टले बताए ।
नेपाल पतन्जली योगपिठका केन्द्रिय अध्यक्ष लगायतका राष्ट्रिय योग प्रशिक्षकद्धारा योग विज्ञान शिविरमा प्रशिक्षण गराइदिने पाटन नगरपालिकाका उपप्रमुख एवं पाटन पतन्जली योग साधना केन्द्रका अध्यक्ष कमल बोहरा अपीले बताए ।
योग विज्ञान शिविरले शिक्षा, स्वास्थ्य, राजनितीक र सामाजिक क्षेत्रमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधी र राजनितीज्ञहरुलाई प्रशिक्षक बनाउने उद्देश्य राखिएको नगर प्रमुख गौरी सिह रावलले बताए ।
यस शिविरमा सहभागि भएका साधकहरुले आफ्नो कार्यक्षेत्रमा गएर योग अभ्यास कार्यक्रम गराउने नगर प्रमुख रावलले बताए ।
जनप्रतिनिधि, निमावी र माविका शिक्षकहरु, स्वास्थ्य संस्थाका प्रतिनिधि, मनोसामाजिक कार्यकर्ता लगायतको सहभागितामा प्रशिक्षण कार्यक्रम हुने उनले बताए ।
योग विज्ञान शिविरको तयारी अन्तीम चरणमा पुगेको आयोजकले जनाएको छ ।
दिमागलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग हो । नगरका नागरिकको जीवन स्वस्थ्य रहोस् भन्ने उद्देश्यले सुरुवात गरेको बृहत योग शिविर अति उत्तम भएको उनको भनाइ छ ।