बैतडीको पाटनमा बृहत योग विज्ञान शिविर सुरु(भिडियाे)

बैतडी : बैतडीको पाटन नगरपालिकामा शनिबारदेखि बृहत योग विज्ञान शिविर सुरु भएको छ पाटन नगरपालिकाको सहयोग र पतन्जली योग साधना केन्द्र पाटनको आयोजनामा साप्ताहिक योग शिविर संचालन भएको हो ।

पतन्जली नेपालका मुख्य प्रभारी लबदेव मिश्रले योग शिविरको ७ दिने सुरुवात गरेका हुन् । प्रशिक्षकका लागि बिहान ५ बजेदेखी ६ः ३० सम्म महिला विकासको हलमा र नगरपालिकाको खुल्ला मञ्चमा बिहान ६ः ३० देखी सबैका लागि बृहत योग विज्ञान शिविर सञ्चालीत रहेको योग साधना केन्द्र पाटनका कोषाध्यक्ष शंकर भट्टले बताए ।

नेपाल पतन्जली योगपिठका केन्द्रिय अध्यक्ष लगायतका राष्ट्रिय योग प्रशिक्षकद्धारा योग विज्ञान शिविरमा प्रशिक्षण गराइरहेको पाटन नगरपालिकाका उपप्रमुख एवं पाटन पतन्जली योग साधना केन्द्रका अध्यक्ष कमल बोहरा अपीले बताए । योग विज्ञान शिविरले शिक्षा, स्वास्थ्य, राजनितीक र सामाजिक क्षेत्रमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधि र राजनितीज्ञहरुलाई प्रशिक्षक बनाउने उद्देश्य राखिएको नगर प्रमुख गौरी सिह रावलले बताए ।

यस शिविरमा सहभागि भएका साधकहरुले आफ्नो कार्यक्षेत्रमा गएर योग अभ्यास कार्यक्रम गराउने नगर प्रमुख रावलले बताए ।

शिविरमा सेतो कपडा लगाएर जनप्रतिनिधि, निमावी र माविका शिक्षकहरु, स्वास्थ्यकर्मी, कर्मचारी, मनोसामाजिक कार्यकर्ता, स्थानीय नागरिकको उल्लेख सहभागिता छ ।
योग अभ्यास गर्ने १५ तरिका गरेर सिकाउने काम भइरहेको सुदूरपश्चिम प्रमुख प्रभारी काशीनाथ भट्टले बताए ।


यसरी गर्न सकिन्छ योग ?

१। खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ।

२। योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ।

३। हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ।

४। लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ।

५। शान्त, सफा, हावादार तथा न्यानो ठाउँमा अभ्यास गर्नुपर्छ।

६। चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नुपर्छ।

७। दिसा(पिसाब सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ।

८। महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन। यस्तो बेला कीर्तन, ध्यान, प्राणायाम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न।

९। प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्‍याउन सकिन्छ।

१०। सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।

११। कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन।

१२। दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।

१३। योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ।

१४। उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।

१५। अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.