डडेल्धुरा : लागुऔषध चरेशसहित तरकारी पसल चालक पक्राउ

डडेल्धुरा : डडेल्धुरामा लागुऔषध चरेशसहित एक तरकारी पसल चालक पक्राउ परेका छन्।  जिल्लाको आलिताल गाँउपालिका १ मेलखर्कमा सडक खण्डमा संचालनमा रहेको तरकारी पसलभित्र चरेश भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट गएको प्रहरी निरिक्षक डम्बर बिष्ट नेतृत्वको टोलीले शनिबार दिउसो ३ ः १५ बजे पसलभित्र खोजतलास गर्दा लागुऔषध चरेश बरामत गरेको हो ।

भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा रहेको बिबश तरकारी पसलबाट ११८ ग्राम कालो पर्दाथ चरेश भेटिएको प्रहरी निरिक्षक बिष्टले जानकारी दिनुभएको छ ।

गोप्य सुचनाको आधारमा आफुले उक्त पसल भित्र खोजतलास गर्दा कागज भित्र बेरेर राखिएको कालो पर्दाथ लागु औषध चरेशको तौल १२३ ग्राम थियो भने कागज हटाएर चरेशमात्रै तौलिदा ११८ ग्राम रहेको प्रहरी निरिक्षक बिष्टको भनाई थियो ।

तरकारी पसल संचालक ६३ बर्षिय अमरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!