नेकपा माओवादी केन्द्र : पाटन नगरपालिका-३ को अध्यक्षमा बिष्ट निवार्चित

बैतडी : नेकपा माओवादी केन्द्र बैतडीले वडा सम्मेलनहरु गर्दै छ । जस अन्र्तगत आईतबार जिल्लाको पाटन नगरपालिका-३ गुजरको वडा सम्मेलन सम्पन्न गरिएको नगर अध्यक्ष र्तकसिह ठगुन्नाले बताए । सम्मेलनबाट मानसिह बिष्टको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचीत भएको छ ।

वडा कमिटिको अध्यक्ष मान सिह बिष्ट, उपाध्यक्षमा जयसिह बिष्ट, सचिवमा प्रेम बिष्ट, सह सचिवमा नरेश भाट, कोषाध्यक्षमा दिपा बिष्ट चयन भएका छन् ।

अध्यक्ष बिष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बैतडी जिल्ला संयोजक शकर भण्डारी, बिशिष्ट अतिथि प्रदेश कमिटि सदस्य धर्मसिह ऐर (कपिल) कमल सिह बोहरा (अपी) रहेका थिए ।

नेकपा माओवादी केन्द्रले दोगडाकेदार गाउँपालिका केही वडाको सम्मेलन सम्पन्न गरेको छ । भने पाटनमा वडा नम्बर ३ बाट सुरु गरेको हो ।

नगर अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष तर्क सिह ठगुन्नाका अनुसार भोली वडा नम्बर ८ र २ मा वडा सम्मेलन हुँदै छ भने २० गते १ नम्बरमा वडा सम्मेलन हुने छ यस्तै सबै वडामा सम्मेलन भइसकेपछि नगर र गाउँपालिका सम्मेलनहरु हुने छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.