एमाले बैतडी पालिकास्तरिय कार्यकर्ता प्रशिक्षणमा

बैतडी : नेपाल कम्युनिस्ट पार्टी (एमाले) बैतडीले पालिकास्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ ।  यहाँका १० वटै पालिकामा दुई दिने पालिकास्तरिय प्रशिक्षण भइरहेको नेकपा एमाले बैतडी जिल्ला अध्यक्ष नरेश विकले बताए । उनका अनुसार एमालेले बैतडीका ५ स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

एकीकृत मार्क्सवादी(लेनिनवादी पार्टीले संगठन निमार्ण, सदस्यता नविवरण र पार्टीको सिद्धान्तका बिषयमा प्रशिक्षण गरिरहेको नेकपा एमाले दशरथचन्द नगर कमिटि इन्चार्ज निर्मल पाडेण्यले बताए ।

उनका अनुसार शनिबार पाटन नगरपालिकामा दुई दिने प्रशिक्षण सम्पन्न गरिएको छ । आईतबारबाट तल्लो स्वराड क्षेत्रमा पर्ने पञ्चेश्वर गाउँपालिकामा सुरु भएको नेकपा एमाले बैतडी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

पालिकास्तरिय प्रशिक्षणमा वडा कमिटीका पदाधिकारी, नगर र गाउँकमिटिका पदाधिकारीहरु सहभागी छ भने जिल्ला स्तरिय र प्रदेश तथा केन्द्रीयस्तरका नेताले प्रशिक्षण लिइरहेको एमाले प्रदेश कमिटी सदस्य धर्मान्द भट्टले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.