बैतडी: बैतडी जिल्लाका विभिन्न स्थानमा आज धान दिवस मनाईएको छ । २० औं राष्ट्रिय धान दिवसको अवसरमा कृषी ज्ञान केन्द्र बैतडी, रुडेस बैतडी, पाटन नगरपालिका कृषि शाखाले कृषहरुको खेतमै पुगेर धान दिवस तथा रोपाई महोत्सव गरेर मनाएका हुन् ।
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको पाटन नगरपालिकाले जनाएको छ ।
बैतडीमा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार १० गते सम्मको तथ्यांक अनुुसार जिल्लामा ७० प्रतिशत रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञानेकन्द्र बैतडीले सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको बताएको छ ।