माओवादी केन्द्र पाटन–२ को अध्यक्षमा किसनराम कोली निर्वाचित

बैतडी  : नेकपा माओवादी केन्द्र पाटन नगरपालिका-२ को अध्यक्षमा किसनराम कोली निर्वाचित भएका छन् । शोमबार मलोडामा सम्पन्न वडा सम्मेलनले कोलीलाई अध्यक्षमा निर्वाचित गरेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य धर्मसिह ऐर (कपिल)ले बताए ।

माओवादी केन्द्रले मंसिर भित्रै वडा सम्मेलन सम्पन्न गर्ने परिपत्र गरेको छ । सोही अनुसार जिल्लाका वडाहरुमा वडा सम्मेलन हुन गइरहेको उनले बताए । पार्टी विधान २०८० बमोजिम वडा कमिटि २५ सदस्यीय निर्वाचित गरिएको नेता लक्ष्मीराम लुहारले बताए ।

सोमबार नै वडा नम्बर ५ र ८ मा समेत वडा सम्मेलन सम्पन्न गरेको नगर कमिटीले जनाएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.