माओवादी केन्द्र पाटन–८ को अध्यक्षमा महरा निर्वाचित

बैतडी : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाटन नगरपालिका वडा नम्बर  ८ को अध्यक्षमा प्रजापती महरा निर्वाचित भएका छन् । निर्वातमान अध्यक्ष राम सिह बिष्टको अध्यक्षतामा शोमबार खोड्पेमा सम्पन्न वडा सम्मेलनबाट महरा वडा कमिटि अध्यक्षमा निर्वाचित भएका हुन् । महराको अध्यक्षमा २५ सदस्य कमिटी चयन भएको नगर कमिटि इन्र्चाज हरिष बिष्टले बताए । उपाध्यक्षमा मनिषा पन्त, सचिवमा नरेन्द्र भट्ट, सह सचिव विरभान सिह महरा र कोषाध्यक्ष तुलाशी बिष्ट निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ ।

सम्मेलनको उद्घाटन सत्रका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बैतडीका इन्चार्ज नरेन्द्र कुवँर बिजय सुन्दुरले माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारलाई खोजी खोजी जेल गरेपनि एमाले काग्रेस मिलेको बताए । उनले माओवादी केन्द्र आसन्न निर्वाचनहरु एक्लै लड्ने धारणा राखे ।

वडा सम्मलेमा प्रमुख आतिथी नेकपा माओवादी केन्द्र बैतडीका इन्चार्ज कुवँर, विशिष्ट अतिथी सदूरपश्चिम प्रदेश कमिटि सदस्य राम सिह विष्ट, नगर कमिटि इन्चार्ज तथा वडा अध्यक्ष हरिष बिष्ट रहेका थिए ।
अध्यक्ष बिष्टले जनताका आवश्यकता अनुसार वडाले काम गरिरहेका बताए । वडाले गरेका उपलब्धीहरु सुनाउदै थप सल्लाह सुझावको माग गरे ।
माओवादी केन्द्रले बैतडीका सबै वडाको वडा सम्मेलन गरिरहेको छ । पाटन नगरपालिकाका ४ वटा वडाका सम्मेलनहरू सम्पन्न गरिसकेकाे छ । मंगलबार वडा नम्बर ९ मा सम्मेलन हुँदैछ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.