बैतडी : नेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा कार्यक्रम सम्पन्न भएको छ । १, २, ३, ४ , ५ र ६ वडाको छलफलसहित मंगलबार पाटन ६ मा कार्यक्रम सम्पन्न भएको हो ।
सय दिने अभियानका नगर संयोजक विष्ण जोशीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य आंगेलु सेर्पा रहेका थिए ।
भने नेपाली काँग्रेस बैतडीका उपसभापती बिरबहादुर बिष्ट, पाटन नगरपालिका नगरप्रमुख गौरी सिह रावल, नेविसका नेता कपिल केसी लगायतका नेताहरु सहभागीता थियो ।
कार्यक्रममा सहभागि नेताहरुले केन्द्रीयस्तरका नेताहरुले ग्रासरुटका नेता कार्यकर्ताहरुको भावना बुझ्नुपर्ने धारणा राखेका थिए ।
कांग्रेस केन्द्रिय नेतृत्वले ग्रासरुट नेताहरुको कुरा नसुन्ने गरेको र आफ्नै हिसावले चल्ने गरेकाले पार्टी कमजोर हुँदै गएको युवा नेताहरुले गुनासो गरे।
पमुख अतिथि रहनु भएका आंगेलु सेर्पाले पछिल्लो समयमा केन्द्रले राम्रो काम गरिरहेको र २०८४को निर्वाचनका लागि आवश्यक निर्णयहरु गरेको र कांग्रेस एक ढिक्का भएर अघि बढ्ने बताएका छन् ।
पार्टीको संगठनलाई गतिशील र चलायन बनाउनुपर्नेमा सेर्पाले जोड दिएका थिए । कांग्रेसले बैतडीका सबै स्थानीय तहमा अभियान सञ्चालन गरिरहेको छ ।