बैतडी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पुर्चौडी नगरपालीका वडा नं ४ को वडा सम्मेलन सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न सम्मलेनले जगन्नाथ भट्टको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको अखिल (क्रान्तिकारी) बैतडी जिल्ला अध्यक्ष सोनम धामीले बताए ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बैतडीका सदस्य लालबहादुर धानुकको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको हो ।
नेकपा माओवादी केन्द्रले अहिले जिल्लामा कमिटि विस्तारको कामलाई तिब्रता दिएको जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
उनको अनुसार अहिलेसम्म बैतडीका ४० वडामा सम्मेलन सकिएको छ ।