भुमेश्वर मावि पाटन-४ ठाँडको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी : बैतडीको पाटन नगरपालिका-४ स्थित भुमेश्वर मावि ठाँडबगाडीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमकाबीच विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष दिपक बिष्टको अध्यक्षतामा आयोजना भएको विद्यालयको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गौरी सिंह रावल, बिशिष्ट अतिथिमा नगर उपप्रमुख कमल सिंह बोहरा, सामाजिक विकास समिति संयोजक हरिश बिष्ट, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख सिद्धराज भट्ट, टुहुरा अक्षयकोषका संस्थापक धर्मानन्द भट्ट, निर्वातमान नगर उपप्रमुख सरस्वती कोली, वडा नम्बर ३ का वडा सदस्य भिम भट्टलगायतका रहेका थिए ।

विद्यालयका प्रद्यानाध्यापक बिरेन्द्र बहादुर चन्दले २ करोड १० लाख ५ हजार ५१५ रुपैया बराबरको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले शैक्षिक गुणस्तर सुधारको लागि सबै पक्ष बलियो भएर लाग्नु पर्नेमा जोड दिएका थिए । विद्यालयले पहिलाे पटक कक्षागत नतिजा समेत कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!