डडेल्धुरामा मनाइयो अपाङ्गता दिवस

डडेल्धुराः अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज डडेल्धुरामा पनि मनाइएको छ।

अमरगढी नगरपालिका र लूःनिभा बाल सरोकार समूह डडेल्धुराको सहयोग तथा जिल्ला आपाङ्ग सेवा समिति आयोजनामा दिवस मनाइएको हो।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।

अपाङ्गताको हक अधिकारको सवालमा स्थानीय सरकारले चासो नदिएको पाङ्गता भएका व्यक्तिहरूको आरोप छ। अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा राज्यका निकायहरू उदासिन भएको उनीहरूको भनाइ थियो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!