बैतडी: बैतडीमा लामो समयपछि पेट्रोल पम्पबाट पेट्रोल विक्रि शुरु भएको छ ।
सतबाँझस्थित भण्डारी आयल स्टोर नौकुलबीर ब्रदर्शले सञ्चालनमा ल्याएपछि आजदेखि पेट्रोल विक्रि शुरु गरिएको आयल स्टोरका सञ्चालक कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । झण्डै दुई बर्षपछि आयलस्टोरबाट पेट्रोल विक्रि शुरु गरिएको हो ।
विभिन्न कारणले आयलस्टोरबाट पेट्रोल विक्रि रोकिएकोमा आजदेखि सुचारु भएको क्षेत्रीले बताए । भण्डारी आयल स्टोरले नेपाल आयल निगमले तोकेको मूल्य अनुसार १ सय ६६ रुपैयाँ ५० पैसा प्रतिलिटरका हिसाबले पेट्रोल विक्रि शुरु गरेको क्षेत्रीले बताए ।
यसअघि पेट्रोल पम्पमा पेट्रोल नहुँदा ग्राहकहरुले १ सय ९० रुपैयाँदेखि २ सय रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल खरीद गर्दै आएका थिए । बाहिर बजारबाट महंगो दरमा पेट्रोल खरीद गर्दा समस्यामा परेका ग्राहकलाई अब सहज भएको छ ।
यस्तै भण्डारी आयल स्टोर सतबाँझबाट डिजेल प्रतिलिटर १ सय ५५ रुपैयाँ ५० पैसामा विक्रि भइरहेको क्षेत्रीले बताए ।
पाटनमा पनि पेट्रोल पम्प सञ्चालनकाे अन्तिम तयारीमा पुगेकाे छ ।