नेकपा माओवादी केन्द्र पाटन-१ को अध्यक्षमा भट्टराई

बैतडी : नेकपा माओवादी केन्द्र पाटन नगरपालिका १ को अध्यक्षमा नन्दराज भट्टराई निर्वाचित भएका छन् । बिहीबार गणेशपुरमा भएको वडा सम्मेलनले भट्टराईको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि निविरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष देवराज भट्टराईले बताए ।

नयाँ कमिटीको उपाध्यक्षमा मिनबहादुर चन्द, सचिवमा मोहन भट्टराई, सहसचिव धनिराम बिक र कोषाध्यक्षमा मन्धरी भट्टराई निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ ।

सम्मेलनका उद्घाटन सत्रमा प्रमुख आथिथिी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवँर (बिजयसुन्दर) विशिष्ठ अथिती प्रदेश कमिटि सचिवालय सदस्य धर्मसिह ऐरी (कपिल), प्रदेश सदस्या तथा पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहरा (अपी), जिल्ला संयोजक शंकर भण्डारी, पाटन नगरपालिका-१ का वडा अध्यक्ष तथा नगर कमिटि अध्यक्ष तर्कसिह ठगुन्ना र ९ का वडा अध्यक्ष कालुसिह भाट लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
पाटन नगरपालिका ५ वडामा वडा कमिटी गठन भएको जिल्ला संयोजक भण्डारीले बताए ।

बैतडीमा तिब्ररुपमा वडा कमिटिहरुको सम्मेलन भइरहेको उनले बताए । उनको अनुसार उत्साजन सहभागिताका साथ कमिटिहरु गठन भइरहेको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.