बृहत योग विज्ञान शिविर सम्पन्न, सह योग शिक्षक तयार

बैतडी :  बैतडीको पाटन नगरपालिकामा शनिबारदेखि जारी बृहत योग विज्ञान शिविर सम्पन्न भएको छ । पाटन नगरपालिकाको सहयोग र पतन्जली योग साधना केन्द्र पाटनको आयोजीत साप्ताहिक योग शिविर तथा सह योग शिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको हो । ६० भन्दा सह योग शिक्षक तयार गर्दै तालिम सकिएको पतन्जली योग साधना केन्द्र पाटनका अध्यक्ष तथा पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहरा अपीले बताए ।

योग विज्ञान शिविरले शिक्षा, स्वास्थ्य, राजनितीक र सामाजिक क्षेत्रमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधि र राजनितीज्ञहरुलाई सह योग शिक्षक बनाएको पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावलले बताए ।

पाठ्यक्रममा भएको सैदान्तीक ज्ञान दिने गरेका थियौँ अब प्रयोगात्मक समेत सकिकाउछौ नगरपालिको यो राम्रो गरेको हो सहभागी शिक्षक बलदेव केसीले भने, ‘योग प्रतिको मेरो धारणा र मेरो स्वास्थ्यमा समेत सकारात्मकता सिर्जना भएको छ । ’

यस शिविरमा सहभागि भएका साधकहरुले आफ्नो कार्यक्षेत्रमा गएर योग अभ्यास कार्यक्रम गरानु पर्ने उप प्रमुख बोहराले जोड दिए । योगका लागि बैतडीमा योग शिक्षकको स्थानीय तह र वडा गत जिम्मेवारी समेत दिएको पतन्जली नेपालका मुख्य प्रभारी लबदेव मिश्रले बताए । उनलेहरुले स्थानीय तह हुँदै वडा र गाउँ गाउँमा योग सिकाउने छन् ।

योग सह शिक्षकहरुले सात दिन सेतो कपडा लगाएर योग र मन्त्रसंगै सिकेको छन् । भने कुन योग गरे स्वास्थ्यलाई के फाईदा हुन्छ र स्वास्थ्य समस्यामा घरेलु उपचार विधि के हुन्छ भने बिषयमा सात दिन सकेको सहभागी मालती कुमारी बिष्टले बताइन् ।

पतन्जली नेपालका मुख्य प्रभारी लबदेव मिश्रले योग शिविर र सह योग शिक्षक प्रशिक्षणमा मन्त्रसहितको तालिम दिएका छ ।

नेपाल पतन्जली योगपिठका केन्द्रिय अध्यक्ष, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष लगायतका राष्ट्रिय योग प्रशिक्षकद्धारा योग विज्ञान शिविरमा प्रशिक्षण गराइएको पाटन नगरपालिकाका उपप्रमुख एवं पाटन पतन्जली योग साधना केन्द्रका अध्यक्ष बोहरा बताए ।  योग अभ्यास गर्ने १५ तरिका सबैलाई निपुर्ण भएको सुदूरपश्चिम प्रमुख प्रभारी काशीनाथ भट्टले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.