सुदूरपश्चिम महोत्सवको उद्घाटन उद्योगमन्त्री भण्डारीले गर्ने

धनगढी : सुदूरपश्चिम महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने भएका छन। धनगढीमा शनिवारदेखि सुरु हुने १८ औँ संस्करणको महोत्सवको उद्घाटन उद्योग मन्त्रीले गर्ने भएका हुन।

कैलाली उद्योग वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिएको छ। संघले आज धनगढीमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पूरा भएको र मन्त्री भण्डारीले उद्घाटन गर्ने जनाएको हो। संघका महासचिव ओम बिष्टले महोत्सवमा पाँच सय ३१ वटा स्टल रहेका बताए।

महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको कारोबार हुने संघको अनुमान छ। संघले कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेक्ट्रिक, होटेललगायतका स्टलहरू रहने जनाएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.