लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : पाटनमा मावि स्तरिय वक्तितोकला प्रतियोगिता

बैतडी : हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । बैतडीमा पनि नोभेम्बर २५ देखि नै विभिन्न कार्यक्रम गरि मनाइरहेका छन् ।

जिल्लको केन्द्र पाटन नगरपालिकामा पनि बिद्यालय स्तरिय कार्यक्रमहरु भईरहेको छन् । आईतबार युवालयको आयोजनामा पाटन बहुमुखी क्यापस परिसरमा मावि बिद्यालय स्तरिय वक्तितोकला प्रतियोगिता सम्पन्न गरिएको ।

पाटन नगरभित्रका ८ बिद्यालयले प्रतियोगितामा सहभागीता जनाएको नगर युवा सञ्चालका अध्यक्ष सञ्जय भण्डारीले बताए । प्रतियोगिता प्रथम शिद्वनाथ मावि,पाटन-२ का छात्रा सावित्री पाण्डेय, द्वितीय कृष्ण मावि पाटन-६ का छात्र खगेन्द्र पन्त, र तृतीय ज्ञानेश्वर मावि, पाटन-९ का रोशन देब भट्टले प्राप्त गरेको छन् । लैंगिक हिंसा अन्त्यका लागि बिद्यार्थी र युवाको भुमिका बिषयमा वक्तितोकला प्रतियोगिता गरिएको हो ।

नगर युवा सञ्जालका अध्यक्ष सञ्जय भण्डारीको अध्यक्षता सम्पन्न वक्तितोकला प्रतियोगिताको प्रमुख अतिथी नगर प्रमुख गौरी सिह रावल, विशिष्ट अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मान्द भट्ट, वडा नम्बर १ का वडा अध्यक्ष तर्क सिह ठगुन्ना, ४ का अध्यक्ष दिपक सिह बिष्ट, ५ का अध्यक्ष फुनी बोहरा, ६का अध्यक्ष राजेन्द्र बिष्ट लगायतका कार्यक्रममा उपस्थीत थिए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.