पत्रकार महासंघ डडेल्धुरा चुनावमाः अध्यक्षमा दुई जनाको उम्मेदवारी

डडेल्धुरा : नेपाल पत्रकार मसहासंघ डडेल्धुराको नेतृत्वसहितको समिति निर्वाचनबाट छनोट हुने भएको छ । अध्यक्ष पदका लागि हिक्मत बहादुर सिंह र पुष्कर भण्डारीको उम्मेदवारी परेका छन् । भने बरिष्ठ उपाध्यक्षमा ललित सिह बोहरा र गणेश रोक्का चुनावी मैदानमा छन् ।

यस्तै सचिवमा भिम खत्री र राजेन्द्र ठगुन्ना, सह-सचिवमा टिकाराम साउँद र भास्कर बिक, समावेसी सह सचिवमा विमल जैरू र राधा फुलारा तथा कोषाध्यक्षमा भक्त बहादुर गाहामगर र पदम जोरा चुनाबी मैदानमा छन् ।
समाजवादी प्रेस संगठन र प्रेस सेन्टर बिच तालमेल छ भने प्रेस चौतारी र प्रेस युनियन बिच तालिममेल छ ।

डडेल्धुरा पत्रकार महासंघमा ६४ जना मतदाता संख्या रहेको निर्वाचना समितिका संयोजक तथा वरिष्ठ पत्रकार बाबुराज श्रेष्ठले बताए ।

बुधबार मनोनय दर्ता भएको छ भने शुक्रबार मतदान हुने छ । देशभरका पत्रकारले संघ र प्रदेशका अध्यक्ष लगायतको टिम निर्वाचन मार्फत छनोट हुँदै छन् ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.