डडेल्धुरा : नेकपा माअोबादी केन्द्र परशुराम नगर कमिटीको सम्मेलन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शेर सिह माल (डाइमन्ड) को अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
उपाध्यक्षमा राज कुमार भाट, महाबिर कामी, देब बहादुर बोहरा, सचिव हर्क कार्की र कोषाध्यक्षमा लक्ष्मी देवी भट्ट चयन भएका छन् । परशुराम नगरपालिका सबै वडामा सम्मेलन सम्पन्न गरेर नगर सम्मेलन सकिएको माओवादी केन्द्र डडेल्धुराले जनाएको छ ।
माओवादी केन्द्र डडेल्धुराले वडा सम्मेलन सम्पन्न गरेपछि अहिले गाउँ तथा नगर सम्मेलन सम्पन्न गरिरहेको जिल्ला संयोजक उमेश प्रशाद भट्टले बताए । उनले अधिकास वडाका सम्मेलन सम्पन्न गरेर गाउँ तथा नगर सम्मलन समेत सुरु भएको छ । पार्टी सदस्यता नविकरण तथा परिक्षण समेत भइरहेको उनले बताए ।