४ सय ९३ जनाले धनगढीमा पाइने आँखा उपचार सेवा बैतडीमै पाए

९२ जनाको शल्यक्रिया

बैतडी : ४ सय ९३ जनाले कैलालीकाे धनगढीमा पाइने आँखा उपचार सेवा बैतडीमै पाएका छन्र । जिल्लाकाे पाटनमा सम्पन्न दुई दिने आँखा शिविरबाट ४ सय ९३ जनाले सेवा लिएका छन् ।

आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको आँखा शिविरबाट सो संख्याका आँखाका बिरामीले सेवा लिएका हुन् ।

ती मध्ये १ सय १२ जना आँखाका बिरामीहरुको मोतिबिन्दुको शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका निर्देशक डा. सुरेश पन्तले जानकारी दिए ।
शल्यक्रिया गरिएका आँखाका बिरामीहरुको मंगलबार पट्टी खोलेर आवश्यक सल्लाहगरी घर पठाइने छ ।

यसअघि जिल्लाको दोगडाकेदार गाउँपालिकामा सम्पन्न शिविरबाट ४ सय ४८ जनाले सेवा लिएका थिए । ती मध्ये ९२ जनाको शल्यक्रिया गरिएको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.