बैतडी : बैतडीको पाटन नगरपालिका-१ मा रहेको सरस्वती मावि बैचोरले बोलाएको आमभेला सम्पन्न भएको छ। दुई निमावी विद्यालयको कक्षा ६ ८ लाई समायोजन गर्दै यो वर्षबाट सरस्वती मावि सञ्चालनमा आएको हो।
सरस्वती मावि गुथडी, बैलचोर नाम राखेको भन्दै भूमिराज आधारभूत विद्यालय क्षेत्रका नागरिकले विरोध जनाएका थिए । उनीहरुले विद्यालयमा विद्यालय व्यवस्थापन समितिले आफू खुसी निर्णय गरेको भन्दै विरोध जनाएको विद्यालय व्यवस्थापन तदर्थ समितिका सदस्य मिन चन्दले बताए । जग्गा दाता समेत रहेका चन्दले भूमिराज आधारभूत विद्यालयको सम्पत्ति शिक्षकसहित फिर्ता लैजाने भनेपछि विद्यालयमा विवाद उत्पन्न भएको थियो।
सरस्वती माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चन्दले विद्यालयको नाम आफूखुसी राखेको भन्दै विशेषगरी बाटुलासैँ गाउँका नागरिकले विरोध जनाएका थिए।
उनीहरूले आफू निमावि बाटुलासोमै चलाउने निर्णयमा समेत पुग्नुपरेको भूमिराज आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्दले बताए ।
जनतालाई छलेर विद्यालय व्यवस्थापन समितिले काम गर्न थालेको उनीहरूको आरोप थियो। सो विवाद पाटन नगरपालिकासम्म पुगेपछि नगरपालिकाबाट समाजिक विकास समिति संयोजक हरिस बिष्ट, शिक्षा शाखाको टिम आम भेलामा पुगेको छ।
अभिभावक भेलामा उत्पन्न विवादको समाधानको लागि बृहत छलफल भएको वडा अध्यक्ष तथा अभिभावक भेलाका विशिष्ट अतिथि तर्कसिंह ठगुन्नाले बताए ।
उनले मंसिर १३ गते नै विद्यालयको नाम परिवर्तन गर्न नगरपालिका लगायतका निकायलाई सिफारिस गर्ने निर्णय गरेको बताए।
अध्यक्ष ठगुन्नाले विभिन्न समयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसे समन्वयकारी भूमिकामा कमी भएको बताए । उनले विद्यालय सञ्चालनमा कसैले पनि अवरोध ल्याउन हुने धारणा राखे।
ठूलो संघर्ष गरेर बैचोरमा विद्यालय सञ्चालन गर्न सकिएको भन्दै सरस्वती को मन्दिर जस्तो ठाउँमा राजनीति गर्न नहुने धारणा उनले राखे ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा समाजिक विकास समिति संयोजक बिष्टले तदर्थ समितिलाई आउदोँ शैक्षिक सत्रभित्र पुर्णता दिने निर्णय भएको बताए। उनले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका लागि परेको भन्दै नाम परिवर्तन लगायतका विषयमा विद्यालयले र अभिभावकले अल्झिन नहुने बताए ।
विद्यालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष शेरबहादुर चन्दले आफू बिरामी भएकोले केही समय विद्यालय व्यवस्थापन समितिको बैठक राख्न नसकेको बताए ।
उनले मङ्सिर १३ गते आम भेला बोलाउने निर्णय गरेको र विद्यालयको नाम सदाफल वा बिन्दावन मावि राख्ने निर्णय सिफारिसका लागि गरेको बताएका बताएका थिए।
तदर्थ समिति का अध्यक्ष चन्दको अध्यक्षतामा बसेको आमभेलाले वैशाख १५ भित्र समितिलाई पूर्णता दिने नयाँ शैक्षिक सत्रबाट वृन्दावन माविबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
चालु शैक्षिक सत्रबाट कक्षा ६- ९ पढाइ भइरहेको विद्यालयमा विभिन्न विवाद हरू आइरहेका थिए। जसले विद्यार्थीको पढाइ मा समेत नकारात्मक असर परिरहेको शिक्षकहरूको भनाइ छ।
अब यी समस्या समाधान हुने विश्वास लिएको पाटन नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रतिनिधि बिर्ख राज भट्टले बताए विद्यालयको नाम परिवर्तन लगायतका विषयमा नगरपालिकाको कानुन नभएकोले तत्काल कानुन बनाएर नाम परिवर्तन लगायतका विषयमा एक निर्णयमा पुग्ने बताए ।