डडेल्धुराको अजयमेरुमा पुस १६ देखि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुने
१३ र १४ गते उप-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड पुस १६ देखि सञ्चालन गर्ने भएको छ । पुस १६ र १७ गते सञ्चालन हुने छैठौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी भइरहेको एक सूचना मार्फत जानकारी गराएको छ । चम्बेताल खेलमैदान अजयमेरु ३ मा सम्पन्न हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा छात्ररछात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टलगायतका खेलहरू समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ।
देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरूमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
१३ र १४ गते उप-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
डडेल्धुराको अजयमेरु गाउँपालिकामा उप-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । यही पुस १३ । १४ गते उप(राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
चम्वेताल खेलमैदानमा हुने प्रतियोगितामा गाउँपालिका भित्रका १७ वडा आधारभुत बिद्यालयहरु प्रतियोगीतामा सहभागी हुने छन् । डडेल्धुरामा आधारभुत तहका बिद्यार्थीका लागि अजयमेरु गाउँपालिकाले उप(राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ ।