डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुराको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले इ.सुरेन्द्र अवस्थीलाई सभापती चयन गरेको छ । उपसभापतिमा प्रेम बुढा, सचिवमा राजेन्द्र ऐर, सह सचिवमा बासु पाण्डेय, सदस्यमा जनक कुंवर, सदस्यमा नरेन्द्र बहादुर कठायत, सन्तोष ऐर, मिना फुलारा, खगेश्वरी अवस्थी, जितेन्द्र जैरु र देव सिंह भाट चयन भएका छन् ।
जिल्ला भेलामा प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य गणेश पराजुली, पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईं, केन्द्रीय सदस्य विजय जैरुलगायत नेताहरूको उपस्थिति रहेको थियो।