उदयदेव प्रिमियर लिगको ट्रफि अनावरण शनिबार, भव्य सास्कृतिक कार्यक्रम हुने

बैतडी: उदयदेव प्रिमियर लिगको ट्रफि अनावरण शनिवार हुने भएको छ । बैतडीको पाटन–६ स्थित पाटन भ्याली क्रिकेट क्लबले आयोजना गर्ने दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको ट्रफि अनावरण गरिने क्लबका सचिव सन्तोष जोशीले जानकारी दिए ।

शनिवार (भोली) बिहान ९ बजे स्थानीय लोक नृत्य तथा सास्कृतिक कार्यक्रमसहित उदयदेव मन्दिरको प्राङ्गणमा ट्रफि अनावरणसंगै पत्रकार सम्मेलन पनि राखीएको सचिव जोशीले बताए ।

प्रतियोगिताको अवधिभर यहाँका धार्मीक पर्यटनसँग जोडिएका क्षेत्रको व्यापक प्रचार गर्ने योजनासहित प्रतियोगिताको आयोजना गरिने बताइएको छ । धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन र प्रचार प्रशार गर्ने र प्रतियोगितालाई पर्यटनसँग जोड्ने उदेश्यसहित क्रिकेट प्रतियोगिता आयोजनाको तयारी भइरहेको उनले बताए ।

गत वर्षको भन्दा यस वर्ष थप परिस्कृत गरी प्रतियोगिता गरिने बताइएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.