डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा जारी उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
दीर्घ जीवनका लागि खेलकुदू भन्ने मुल नाराका साथ आयोजित अजयमेरु गाउँपालिका स्तरीय तेस्रो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास) को अध्यक्षमा सम्पन्न प्रतियोगता दुई दिन सञ्चालन भएको थियो । प्रतियोगितमा तेस्रो पटक पनि सहश्रलिङ्ग मावि चमडाले ८ गोल्ड, ४ रजत, २ काश्य सहित उपाधी कब्जा गरेको छ ।
द्वितिय अजयमेरु आवि गोल्ड ५, रजत ३, काश्य, २ र तृतिय मणिलेक माविले गोल्ड ४ रजत १ र काश्य ५ प्राप्त गरेको छ । यस्तै प्रथम, द्धितिय र तृतिय हुने बिद्यालयले नगद क्रमस : २० हजार, १५ हजार र १० हजार प्राप्त गरेको युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख लाल बहादुर सेटीले बताए ।
प्रतियोगितामा पालिका भरीका १५ बिद्यालय सहभागी थिए । डडेल्धुराको अजयमेरु गाउँपालिकाले मात्र ३ बर्ष यता उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ ।