डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ

डडेल्धुरा :  डडेल्धुरा सदरमुकामस्थित बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।शुकबार अमरगढी नगरपालिका- ५ बागबजारस्थित बसपार्कबाट जिल्लाको नवदुर्गा गाउँपालिका- २ का २६ वर्षीय खेमराज भट्ट र डोटीको शिखर नगरपालिका-८ गोबघाटका २६ वर्षीय साजन बलायरलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भट्टको साथबाट ०.२० मिलीग्राम खैरो हेरोइन र बलायरको साथबाट प्रिगासप्ट नामक २५ ट्याब्लेट लागुऔषधी फेला परेको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक उप्रेन्द्रबहादुर बमले जानकारी दिए । साथै निजहरु चढेको सु.प.प्र. ०१-००९ प ९६५२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.