बैतडी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल ,पाटन नगर कमिटीको अध्यक्षमा रमेश चन्द चयन भएका छन् ।
शुक्रबार पाटनमा सम्पन्न दोस्रो नगर अधिवेशनले चन्दको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन गरेको निर्वाचन मण्डका प्रतिनिधी चन्द्र पहरीले बताए ।
किरन चन्दको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट प्रमुख अतिथि रहेका थिए ।