बैतडी : नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा दिनेश नागरी चयन भएका छन् । शनिबार खोड्पेमा सम्पन्न दोश्रो जिल्ला परिषद अधिवेशनले नागरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि विस्तार गरिएको छ । संगठनको उपाध्यक्षमा दामोदर सिंह बोहरा (डिबि), सचिवमा लोकेन्द्र बहादुर चन्द, कोषाध्यक्षमा जयराम सार्की चयन भएका छन् । शिवदत्त ओझाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको उपाध्यक्ष दामोदर सिंह बोहराले बताए ।
एकीकृत अखिल नेपाल सिक्षक सङ्गठन जिल्ला समन्वय समिती बैतडीका कार्यबहाक अध्यक्ष शिवदत्त ओझाको सभाध्यक्षतामा सु भएको अधिवेशनका प्रमुख अतिथि एकीकृत अखिल नेपाल सिक्षक सङ्गठनका केन्द्रीय उपमहासचिव एवं प्रदेश इन्चार्ज दल बहादुर कार्की रहनु भएको थियो । विशिष्ट अतिथीमा प्रदेश अध्यक्ष खडक मन्नी, प्रदेश बरिस्ट उपाध्यक्ष धौल सिंह जागरी, माओवादी केन्द्र बैतडीका सयोजक शंकर भण्डारी, निवर्तमान प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, प्रदेश कमिटी सदस्य धर्म सिंह ऐर, पाटन नगर इन्चार्ज हरिश विष्ट रहेका थिए ।
संगठनको खुला सत्रमा पार्टीका जिल्ला संयोजक भण्डारीले पार्टीको दृष्टिकोण अनुसार हिड्ने र संगठनलाई फराकिलो र मजवुद बनाउने संगठन आवश्यक रहेको बताए । उनले अघि थपे ‘देश संकटमा परेको समयमा शिक्षकहरुले खुलेर बोल्नु पर्ने देखियो, इतिहासमाथी गर्भ गरेर भविस्यको लागि लक्ष निर्धाराण गर्नुपर्यो’ ।