१४ बर्षमा बिहे, १५ बर्षमा दुई छोराकी आमा

बैतडी, ललित बाेहरा : बैतडीमा एक महिलाले १५ बर्षमै दुई छोरालाई जन्मदिएकी छन् । जिल्लाको पाटन नगरपालिका-९ किचार बस्ने दिपा लावडले १५ बर्षकै उमेरमा दुई जुम्ल्याहा छोरालाई जन्मदिएकी हुन् । १४ बर्षको उमेरमा बाल बिवाह गरेकी दिपाले कलिलो उमेरमै बच्चा पाएकी हुन् । पढ्ने तथा खेल्ने उमेरमै उनी अब बच्चा हुर्काउने भएकी छन् । डडेल्धुरा अस्पतालमा उनले दुइ बच्चा पाएकी हुन् । उनका श्रीमान १८ बर्षका भए । उनले नेपाली नागरिकता अब पाउने छन्र ।

आर्थिक अवस्था कमजोर
लावडको आर्थिक अवस्था नाजुक रहेको पाटन नगरपालिका- ९ मा कार्यरत सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्टले बताइन् ।

काठमाडौं महानगरपालिका–१४ कलंकी घर भएका समाजसेवी सहदेव प्रशाद सापकोटाले लावडको परिवारलाई न्यानो लुगा, खाद्यान्नका सामाग्री र नगद १० हजार रुपैया सहयोग गरेका छन् । संगम पव्लीकेशनका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले सुदूरपश्चिमका दर्जनौ परिवारलाई सहयोग उपलब्ध गराइसकेका छन् ।

दिपा १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चा जन्माएर हुर्काइरहेकी छन् ।

पाटन नगरपालिका-९ का सामुदायिक मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट, वडा नं ८ का मनोसामाजिक कार्यकर्ता भुवि बिष्ट र जिल्ला अस्पताल बैतडीको एकद्धार संकट व्यवस्थापन केन्द्रका मामला व्यवस्थापक माया भट्ट सहितको टोलीले सो रकम सहित न्यानो लुगा र खाद्यान्नको सामान शनिबार दिपाको घरमै पुगेर हस्तान्त्रण गरेका हुन् ।

यसअघि पनि सापकोटा आफुले सहयोग उपलब्ध गराएको परिवारको अवस्था बुझ्न बैतडी पुगेका थिए ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.