बैतडीको पाटनमा महिनैदेखी विद्युत सेवा अनियमित, स्थानीय समस्यामा

बैतडी: पछिल्लो समय बैतडीको पाटन नगरपालिकासहित अधिकाश ठाउँमा विद्युत सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन्। छिनछिनमै बिजुली आउने, जाने हुन थालेपछि सेवाग्राही मारमा परेका हुन्। विद्युत प्रवाह अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीहरूले बताएका छन्।

पछिल्ला केही महिना यता विद्युत सेवा अनियमित हुँदा समस्या भएको पाटन नगरपालिका १ का मोहन पन्तले बताए। बेला बेलामा आउने जाने हुने गरेको छ। उनले भने, ‘यसले गर्दा उपकरण बिग्रने गरेका छन्।’

विद्युत नियमित नआउँदा मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसलहरू, विद्युतबाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको छ। साथै, विद्यार्थीहरूलाई समेत पठनपाठनमा सकस परेको छ। जिल्लामा सञ्चालित सञ्चार माध्यमहरू पनि मारमा परेका छन्‌।

बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकहरूले बेलाबेलामा बिद्युत आउने जाने गर्नाले धेरै विद्युतीय सामाग्रीहरू बिग्रिने गरेको बताएका छन्। बत्ती आउने जाने हुनुका साथै पूर्ण क्षमतामा नआउँदा थप समस्या हुने गरेको छ। अनियमित विद्युत कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ।

us dintal patan
Leave A Reply

Your email address will not be published.