डडेल्धुरा : डडेल्धुरा जेसीज बर्ष २०२५ को अध्यक्ष पदमा मोहन देउवा निर्बिरोध निर्वाचित भएका छन् । डडेल्धुरा सदरमुकाममा शनिबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त भोज राज अवस्थीले बताए ।
कार्यकारी उपाध्यक्षमा आषिश बोहरा र आकाश गुरुङ निर्वाचित भएको छ भने उपाध्यक्षमा दिपक भट्ट, दिपक भट्टराई, बाशु पाण्डेय र शुनिल तामाङ निर्वाचीत भएको आयुक्त अवस्थाले बताए ।
डडेल्धुरा जेसीज बर्ष २०२४ को अध्यक्ष लक्ष्मी ऐर थिए भने डडेल्धुरा जेसीज बर्ष २०२३ को अध्यक्षमा हिक्मत सिह थिए । डडेल्धुरा जेसीज एक बर्षमा नयाँ समिति गठन गर्ने गरेको हो ।