सरस्वती मावि बयलचौराको भवन हस्तातरण तथा उद्घाटन, स्थानीय हर्षित

बैतडी : बैतडीको पाटन नगरपालिका-१ मा पर्ने सरस्वती मावि बयलचौराको भवन हस्तातरण तथा उद्घाटन गरिएकाे छ । एक औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रस्तावित वृद्रावन मावि बयलचाैराको भवन विद्यालयलाइ हस्तातरण गरिएको हाे ।

भुमिराज आधारभुत बिद्यालय बटुलासैउ र सरस्वती आवि गुत्थडीको कक्षा ६ देखी ८ सम्मको कक्षा समायोजन गर्दै वृद्रावन मावि कक्षा ६ देखि १० सञ्चालन भएको हो ।

संघ सरकारको सहयोगमा पाटन नगरपालिकाले भवन निमार्ण गरेपछि बिद्यालय सञ्चालनमा भएको थियो । बैशाखबाटै पठन- पाठन सुरु भएपनि बिद्यालयको भवन औपचारिक रूपमा हस्तातरण तथा उद्घाटन भएको थिएन् ।

मंगलबार आयोजित उद्घाटन समारोह बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चन्दकाृे अध्यक्षमा सम्पन्न भएको हो भने प्रमुख अतिथि पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहरा (अपी) विशिष्ट अतिथी वडा अध्यक्ष तर्कसिह ठगुन्ना, भूमि आयोग बैतडीका निर्वतमान अध्यक्ष धर्मसिह ऐरी (कपिल) लगायतका बिद्यालय व्यवस्थापन समिति अध्यक्षा, प्रधानाध्यपकहरु र शिक्षक तथा अभिभावहरुको सहभागिता रहेको थियो ।

बिद्यालयले बिद्यालयको विकास तथा स्थापनमा सहयोग गर्ने शिक्षक, अभिभावक, जनप्रतिनिधि, समाजसेवी, पत्रकार, जग्गा दाता तथा बिद्यालय भवन निमार्ण गर्ने निमार्ण कम्पनी आयुष बिल्डसलाई सम्मान गरेकाे प्रधानाध्यापक करविर भट्टराईले बताए ।

घर नजिकै बिद्यालय संञ्चालनले आफ्नो छोरा-छोरी नजिकैको बिद्यालय पढन पाउने भएपछि नाँचेर यहाँका नागरिकले खुसी व्यक्त गरे । स्थानीय सेती चन्दले भनिन्, हाम्रो ठाउँमा बिद्यालय खुलेपछि सबै खुसी छन यो बिद्यालयले हाम्रो गाउँमा कक्षा ८ पास गरेर बिद्यालय छोड्ने दरमा पनि कमी आउने छ ।

शून्यबाट सुरु भएको भौतीक र आर्थिक अवस्था कमजोर
अहिले सरस्वती माविका नामले सञ्चालित बिद्यालयको भौतिक र आर्थिक अवस्था कमजोर रहेकाे बताइएकाे छ । निजी स्रोतबाट शिक्षक भर्ना गरेर पठन-पाठन भइरहेको छ भने नयाँ बिद्यालय भवन भएकाले खेल मैदान, शैञ्चालय र बिद्यालयका फर्निचरका लागि समस्या भएको बिद्यालय व्यवस्थापन समितिका सदस्य मिन बहादुर चन्दले बताए ।

उनले भने, ‘नगरपालिकाले भवन बनाएर बिद्यालय त सुरु भयो तर अभाव नै अभाव छ, अब फर्निचर लगायतका बिषयमा थप सहयोग आवश्यक छ । बिद्यालय नाम पनि हामीले चैत्रबाट वृद्रा वन राख्ने निर्णइ आमभेलाबाट गरेका छौँ।’

वडा अध्यक्ष ठगुन्नाले अहिले खेलमैदानको सुधार गरिएको बिस्तार विकास तीर बिद्यालय गइरहेको बताए । उनले फेरी पनि बिद्यालय सञ्चालनका लागि भवनको आवश्यकता रहेको बताए । उनले लामो संघर्षपछि मावि बिद्यालय सबैको पायक पर्ने ठाउँमा सञ्चालन गर्ने सकिएको बताए ।

प्रमुख अतिथी तथा पाटन नगरपालिका उपप्रमुख बोहराले यो ठाउँमा आवश्यकता महशुस गरेर सञ्चालन गरिएको बताए । उनले, मावि सम्मका कक्षाका लागि २ देखी ३ घण्टा यहाँ बिद्यार्थी हिड्नु पर्ने बाध्यता हटेको छ ।

आगामी दिनमा बिद्यालयलाई राम्रो संग सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले बिद्यालय जस्तो सरस्वतीको मन्दीरमा कसैले पनि राजनिती गर्न नहुने बताए । कसै व्यक्ति वा राजनितीक दलले रोक्न खोज्न यहाँका जनताका लागि दु:खद भएको धारणा राखे ।

आगामी शैक्षिक सत्रबाट यो बिद्यालयको नाम वृद्रावन राख्ने यस आगडीको अभिभावक भेलाले निर्णय गरेको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.