डडेल्धुरा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

डडेल्धुरा : डडेल्धुरा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी मालले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन्।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउँदले बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताए।

नेपालमा सरकारले १३ प्रकारका खोपहरू निःशुल्क रूपमा उपलब्ध गराउने उनले बताए। यी अधिकांश खोपहरू शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ।

‘खोप उपयुक्त रहेको छ। यस्तो खालको कार्यक्रम तीनै तहको सरकारले गर्नु पर्ने हुन्छ। १३ वटा गम्भीर रोगबाट बचाउन खोपले सहयोग गर्दछ,’ उनले भने, २०६९ सालमा अछामको भागेश्वर गाविसबाट सुरु भएको अभियानले अहिले सार्थकता पाइरहेको छ।’

उनले अझै नेपालमा खोप नपाएको बालबालिकाको संख्या चार प्रतिशत र आशिंक खोप पाएको बालबालिकाको संख्या १६ प्रतिशत रहेको बताउँदै ८० प्रतिशत बालबालिका मात्रै खोपको पहुँचमा रहेको बताए।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.