दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त (सूचनासहित)

ललित बाेहरा,बैतडी : बैतडीमा एक जनप्रतिनिधिले पार्टी परित्याग निर्वाचन आयोगले पद मुक्त भएको जनाएको छ । बैतडीको पाटन नगरपालिकामा काग्रेसबाट कार्यापालिका सदस्यमा निवार्चित रमेश काेलीकाे पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।

नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले उनको पद रिक्त भएको आयोगले गत सोमबार सूचना सार्वजनिक गरी जानकारी दिएको छ।

कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपि र दल बदलेको प्रमाणसहित आयोगमा जानकारी गराएको थियो। सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको थियो। एमाले प्रवेश गरेपछि पनि उनलाई काग्रेसले पद मुक्त गर्न प्रमाण पुगे थिएनन् । अहिले उनले एमालेको सदस्यता लिएको प्रमाण भेटीएपछि निवार्चन आयोगले पद मुक्त गरेको हो ।

दलितका अगुवा नेताले चर्चीत रमेशले पद जोगाउन अब अदालतिय प्रक्रियामा जाने बताए । उनले दलितका आवाज स्थानीय तहमा उठाउने तथा गलतका बिरुद्ध मैले आवाज उठाएपछि काग्रेसबाट निर्वाचत जनप्रतिनिधिको हटाउनु पर्ने दबाब थियो । उनले थपे, ‘म कानुनी लडाइ लडने छु’ ।

उनले संघ र प्रदेशको चुनावमा काँग्रेसका बागी उम्मेदवारकाे पक्षमा भोट मागेको भन्दै काग्रेसले पार्टीबाट पहिले नै कारवाहि गरिसकेको छ । उनले सदूरपश्चिम प्रदेश सभा सदस्य पदका उम्मेवादर हरिमोहन भण्डारीलाई सहयोग गरेका थिए । भण्डारी अहिले पनि स्वतन्त्र छन तर काेली दम्पती नै एमालेमा प्रवेश गरेका छन् ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.