बैतडी:
नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बैतडीको अध्यक्षमा तेजबहादुर चन्द चयन भएका छन् । शनिबार पाटनमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन गरेको शिक्षक प्रेम भट्टले बताए ।
जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको शिक्षक लोकराज भट्टले जानकारी दिए ।
राहत शिक्षकहरुले आफ्नो हक अधिकारका लागि यो समितिलाई ४ बर्षबाट निरन्तता दिइरहेका छन् । राहत शिक्षक समितिले राहत शिक्षकका समस्या, समाधानका लगायतका बिषयमा पैरवी गर्दै आइरहेको शिक्षक भट्टले बताए ।