११ बर्षपछि सुर्नयामा ‘मोटरेबल’ पुल, सञ्चालनको अन्तिम तयारीमा

ललित बोहरा, बैतडी : बैतडी पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्डको सुर्नया गाडमा निर्माणाधिन ‘मोटरेबल’ पुल अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको पाटन नगरपालिका–६ मा पर्ने लोर्खा–सकार–कैलपाल सडकमा निमार्ण सुरु भएको करिब ११ बर्षपछि पुलको दुवैतर्फ ढलान सम्पन्न भएको हो । स्टमेट अनुसार पुलको दुवैतर्फ ग्याविन वाल लगाउने काम बाँकी छ ।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर तीन वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिले पुर्णता पाउन लागेको हो ।
२०७१ भदौ १५ गते पुल निर्माणका लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, एक वर्ष संघ र प्रदेशमध्ये कसले हेर्ने भन्ने अन्योलता लगायतका मुआम्बजा विवादहरुले पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीको दाबी छ ।

अहिले पुलको दुवैतर्फ ढलान कार्य सम्पन्न गरेको छ भने पुल पुर्णरुपमा सुचारु गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख लक्ष्मण दत्त जोशीले बताए । उनले भने, ‘आवश्यक पर्ने बजेट जहाँबाट पनि व्यवस्था गरेर यो पुल सञ्चालन जसरी भएपनि गदछौँ।’

‘पुलमा पुग्ने सडक र नदि नियन्त्रणको मात्र काम बाँकी छ।’ सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी एवं इन्जिनियर लिलाधर भट्टले भने, ‘निमार्ण व्यवसायीले छिटो काम गरिदिए एक महिना पनि लाग्दैन । त्यसपछि सञ्चालनका लागि ढिला हुन्न पहल गरिरहेकै छौ केही रकम भुक्तानी गरेपनि काम सकिन्छ ।’

अब निमार्णको १० प्रतिशत मात्र काम बाँकी रहेको निमार्ण कम्पनीका प्रतिनिधी मदन बिष्टले बताए । उनले भने, एक ग्याविन वाल लगाउन मात्र हो बाँकी अरु स्टमेटमा छैन् । थप काम गर्नु पर्ने हो भनेको सडकले तर पत्र आएको छैन पत्र आएपछि सबै काम संगै सकिन्छ ।

उनले अन्य ठेक्काहरुमा पैसा नभएर देशव्यापी आन्दोलनमा रहेको उनले बताए ।

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घन्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । सडक सञ्जाल विस्तार भएपनि पुल नभएकै कारण बर्षातको समयमा गाडी चढ्न स्थानीयले पाएका थिएनन् ।

पाटनको दरमुकाम मैतडबजारदेखि वडा नम्बरको सकार र वडा नम्बर ७ कैलपालसम्म सडक सञ्जाल विस्तार भएको छ। २ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न भइरहेको हो ।

सुर्नया नदीमा मोटेरेबल पुल समयमा निर्माण नहुँदा नदीमा अस्थायी बाटो बनाउन बर्सेनि लाखौं रकम खर्च भइरहेको भएको थियो । चालु आर्थिक बर्षमा पनि नदिमाथि अस्थायी बाटो निमार्ण गरेर गाडी सञ्चालनमा छन तर बर्षातको मौसमा त्यो बाटो नदिले बगाउने गरेको छ ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.