डडेल्धुराको भागेश्वर माविमा खुल्ला भलिबल आयोजना, विजेतालाई तीन लाख

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक धनराशिको खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजनामा सर्वाधिक धनराशिको पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो। विद्यालयको ५०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) का अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए।

उनका अनुसार पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले तीन लाख रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख ५१ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क सात हजार पाँच सय राखिएको छ।

यसपटक पुरस्कार राशिमा दोब्बरले वृद्धि गरिएको छ। गतवर्ष प्रथमले एक लाख ५१ हजार एक सय ११, द्वितीयले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पाएको थियो।

खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले एक लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क चार हजार तोकिएको छ।

वार्षिकोत्सव तथा अभिभावक माघ २८ देखि फागुन २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। माघ २ देखि ११ गतेसम्म कार्यालय समयभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। विद्यालय व्यवस्थापन समितिले प्रतियोगिता सञ्चालनका लागि शुक्रबारसम्म २ लाख ३२ हजार ८५ रुपैयाँ चन्दा संकलन गरेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!