ललित बाेहरा,बैतडी : बैतडीको पाटन नगरपालिकामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १६ गतेबाट हुने भएको छ ।
माघ ४ गते बसेको नगर कार्यपालिकाको बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १६ गते ज्ञानेश्वर मावि पाटन नगरपालिका-९ बिजयपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।
नगरपालिकाकै आयोजनामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन जिम्मेवारी कसले लिने भन्ने बिषयमा टुङगो नलागेको सामाजिक विकास समितिका संयोजक हरिष बिष्टले बताए ।
‘ ज्ञानेश्वरमा १६ गतेबाट गर्ने निर्णय भएको छ बिगतको जसरी ठेक्का दिइएको हैन, उनले भने, ‘नगर खेलकुदले पनि व्यवस्थापन गर्न सक्छ, शिक्षा शाखाले आफै पनि गर्न सक्छ, केही दिनमा एक बैँठक छ त्यसबाट निर्णय हुन्छ ।,
गत बर्ष कृष्ण माविको खेलमैदानमा सम्पन्न गरिएको थियो । उपाधि पनि गत बर्ष कृष्ण माविले नै जितेकाे थियाे । व्यवस्थापनसहितकाे ठेक्का नै कृष्ण माविले लिएकाे थियाे । ठेक्का भन्दा २ लाख बढी खर्च दाबी गरेका थियाे । रनिङ शिल्ड भएकाले भौतिक रुपमा सम्पन्न बिद्यालयको खेलमैदानमा प्रतियोगिता गर्नु पर्ने माग शिक्षकहरुको विगतमा समेत रहेको थियो ।
प्रतियोगितामा नगरपालिकाभरीका १५ वटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको पाटन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत भलिबल,कबड्डी, एथलेटिक्स लगायतका खेलहरु खेलाइने छ ।
नगरपालिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागिता जनाउने बिद्यालयलाई दुरी हेरेर १५ देखि ३० हजार सम्म रकम उपलब्ध गराउने निर्णय कार्यपालिको गरेको छ ।
गत बर्ष रकम अभाव भएको भन्दै बिद्यालयलाई रकम दिएको थिएन् । भने जिल्लास्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट पाएको उपाधिहरु समेत ग्रहण गरेको थिए ।