रास्वपा बैतडीको बैठक सम्पन्न, आरटिए संयोजक बन्ने धामी

बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीले र्यापिड एक्सन टीम ९आरटिए०को संयोजकमा चन्द्रसिंह धामीलाई चयन गरेको छ ।

शनिबार पार्टी कार्यालय शाहीलेकमा सम्पन्न भएको रास्वपा बैतडीको मासिक बैठकले धामीलाई आरटिएको संयोजकमा चयन गरेको हो ।

यस्तै बैठकले संगठन विस्तार र आगामी योजनाहरुको बिषयमा छलफल पार्टीका जिल्ला संयोजक भीम नाथले जानकारी दिए । पार्टीका गतिविधिहरुलाई चलायमान बनाउन र रिक्त पदहरुमा पदपूर्ती गर्ने निर्णय बैठकले गरेको मन्थन विभागका केन्द्रीय सदस्य भोजराज जोशीले बताए ।

जिल्ला संयोजक भीम नाथको अध्यक्षतामा बसेको बैठकमा मन्थन विभाग सदस्य जोशी प्रमुख अतिथी रहेका थिए । बैठकमा सबै पालिकाका संयोजक लगायतका पार्टीका जिम्मेवार नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.