पुर्चौडीमा जारी राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, डिलेश्वरी मावि हाटले जित्यो उपाधि

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिकाको वडा नम्बर १ त्रिवेणी धाम कमल विशाल पार्कमा माघ २ गतेदेखी सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा १२ स्वर्ण ४ रजत र ५ कास्य गरि कुल २१ पदकसहित डिलेश्वरी नमुना माध्यमिक विद्यालय हाटले उपाधि जितेको हो । भने ७ स्वर्ण ७ रजत र ४ कास्य गरी कुल १८ पदकसहित महादेव मावि शिवावो द्धितिय हुँदा २ स्वर्ण ४ रजत र ४ कास्य गरी कुल १० पदकसहित भूमिराज माध्यमिक विद्यालय कफलढुङ्ग्रा तृतीय भएको छ ।

पुर्चौडी नगरपालिका नगर खेलकुद विकास समितीका अध्यक्ष अमिर वडको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम समापन समारोहमा नगरपालिका प्रमुख दिपक बहादुर बम प्रमुख आतिथ्यता रहेको थिए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.