डडेल्धुरा : डडेल्धुरामा जबरजस्तीकरणी मुद्दाका फरार अरोपित पक्राउ परेका छन् ।
जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ बर्षीय नरबहादुर खातीलाई प्रहरीले सोमबार उनकै घरबाट पक्राउ गरेको हो ।
खातीलाई जिल्ला अदालत डडेल्धुराले जबरजस्तीकरणी तथा हाडनाता करणी मुद्दामा ६० हजार जरीवाना तोकेको थियो । जरीवाना तोकिएपछि फरार रहेका खातीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।