दुर्गम बस्तीमा वडा सरकारको एकिकृत सेवा

बैतडी : दुर्गम बस्तीमा वडा सरकारले एकिकृत सेवा प्रवाह गरेको छ । बैतडीको पाटन नगरपालिका-१ को वडा कार्यालयले वडाबाट दुर्गममा रहेकाे बस्ती गरालेकमा पुगेर एकिकृत सेवा प्रदान गरेको मनोसमाजिक कार्यकर्ता मालती बिष्टले बताइन् ।

सडक सञ्जाल र विद्युत समेत नपुगेको बस्ती गरालेकमा स्वास्थ्य सेवा, पशु सेवा, लैँगिक हिंसा न्यूनीकरण तथा परार्मष सेवा, खाद्य सुरक्षा ,लागू औषध, ,बिद्यालय अनुगमन ,बिब्यस बैठक आमभेला,प्रहरी साझेदारी लगायत सार्वजनिक सेवा प्रवाह बस्तीमै पुगेको गरेको वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।

अन्य सडक र विद्युत सेवा लगायतका बिषयमा समेत जनसमुदाय सङ्ग अन्तक्रिया गरिएको उनले बताए । उनका अनुसार सडक सञ्जाल जोड्न यस बर्ष बजेट विनियोजन गरिएको छ भने बिद्युत विस्तार अन्र्तगत पोल गाड्ने काम सकिएको छ ।

स्थानीय नागरिकले साथ दिए यो बर्ष सडक र बिद्युत विस्तार गरी सक्ने वडा कार्यालयको लक्ष्य रहेको अध्यक्ष ठगुन्नाले बताए । वडामार्फत पाउने सम्पुर्ण सेवा बस्तीमै पाएपछि स्थानीय खुसी भएका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!